फुरन्दाना तथा आलु चिप्स बनाउने तालिम सम्पन्न
२३, मंसिर । उपकार बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय प्रवर्द्धन उप-समितिको आयोजनामा एक दिने “फुरन्दाना तथा आलु चिप्स बनाउने तालिम” सम्पन्न भएको छ । संस्थाका सदस्यहरुलाई स्वरोजगार बनाई थप आय आर्जनका लागि यस तालिमको आयोजना गरिएको जानकारी गराउँनु हुदै व्यवसाय प्रवर्द्धन उप-समितिका संयोजनक श्री बाबुकाजी छुँले तामिममा सिकेको सीपबाट फाइदा लिनु पर्ने धारणा राख्नु भयो । साथै सदस्यहरुको चाहाना अनुसार विभिन्न अन्य तालिमहरु पनि दिदै जाने बताउनु भयो । संस्थाका सदस्य श्री गंगा देवी श्रेष्ठले उक्त तालिममा प्रशिक्षण दिनु भएको थियो । तालिमका क्रममा प्रशिक्षक श्रेष्ठले उपकार साकोसले प्रदान गरेको तालिममा सहभागी भएर फुरन्दाना तथा आलु चिप्स बनाउने सीप सिकेको र घरको अन्य काम सकेर फुर्सदको समयमा फुरन्दाना, आलु चिप्स बनाउदै विक्री समेत गर्दै आएको जानकारी दिनु भयो । तालिममा संस्थाका ४३ जना सदस्यहरुको सहभागीता रहेको थियो ।