• home
  • about us
  • Product and Services
    • saving service
    • loan services
  • human resources
    • BOARD MEMBERS
    • staffs
  • News Board
    • Recent News
    • BULLETINS
    • REPORTS
  • Photo Gallery
  • Downloads
    • Application Forms
    • Download Calendars
  • Contact
  • Home
  • News
Date २०७८/०६/०७

२७ औं बार्षिक साधारण सभाकाे सूचना ।

यस संस्थाकाे सञ्चालक समितिकाे मिति २०७८/०५/०९ मा बसेकाे बैठककाे निर्णय अनुसार सहकारी विभागकाे निर्देशन बमाेजिम संस्थाकाे २७ औं बार्षिक साधारण सभा २०७८ असाेज २३ गते हुने भएकाेले प्रतिवेदन तथा अन्य विषयहरुमा कुनै सल्लाह, सुझावहरु भएमा ताेकिएकाे समयभित्र लिखित रुपमा संस्थामा पेश गर्नु हुन अनुराेध गरिन्छ ।  साधारण सभामा उपस्थित हुँदा अनिवार्य रुपमा मास्ककाे प्रयाेग गरी सामाजिक दूरी कायम गरी दिनु हुन अनुराेध गरिन्छ ।

प्रतिवेदन वितरणः मितिः २०७८ असाेज ९ देखि २२ गतेसम्म उपस्थिति खुल्ला रहने र असाेज २३ गत निर्णय पुस्तिका प्रमाणित सहित सभा समापन हुनेछ ।

समयः विहान ८ः०० देखि २ः०० सम्म

स्थानः संस्थाकाे सूचना पाटीमा उल्लेखित स्थानहरु

 

 

 

 

 

Date २०७६-११-२०

जेष्ठ नागरिक भ्रमण कार्यक्रम

यस संस्थाको साँस्कृतिक उप समितिले बिगत बर्षहरुमा जेष्ठ नागरिक सदस्यहरुका लागि आयोजना गर्दै आएको “जेष्ठ नागरिक भ्रमण कार्यक्रम” यस बर्ष पनि मिति २०७६ फाल्गुण १८ गते आईतबारका दिन शेषनारायण नगरपालिका स्थित दक्षिण मनकामना मन्दिरको भ्रमण गराइयो । जेष्ठ नागरिक भ्रमण कार्यक्रममा संस्थाका ६० बर्ष नाघेका १३७ जना जेष्ठ नागरिक सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाका सञ्चालक सदस्य एवं साँस्कृतिक उप समितिका संयोजक श्री योगेन्द्र कुमार दुवालले संस्थाले जेष्ठ नागरिक सदस्यहरुको ईच्छा र चाहना अनुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु हुदै संस्थाले विगत १० बर्ष देखि निरन्तर आयोजना गर्दै आएको जेष्ठ नागरिक सदस्य भ्रमण कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता प्रदान गरेको जानकारी दिनु भयो । साथै संस्थाले हरेक बर्ष कुशे ‍औंसीका दिन पुरुष जेष्ठ नागरिक सदस्यहरु र माता तीर्थ औंसीका दिन महिला जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान (मुख हेर्ने) गर्ने कार्यक्रम, संस्थाको स्थापना दिवस (प्रत्येक बर्ष चैत्र १२ गते) का अवसरमा ७५ बर्ष पुरा भएका जेष्ठ नागरिक सदस्यहरुको सम्मान साथै जेष्ठ नागरिक बचतमा मासिक व्याज भुक्तानीको व्यवस्था गर्दै आएको जानकारी दिनु भयो । जेष्ठ नागरिक भ्रमण कार्यक्रममा साँस्कृतिक उप समितिका पदाधिकारीहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा संस्थाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

संस्थाले बिगत बर्षमा साँगास्थित महादेवको मन्दिर, चोङ्गा गणेश (सल्लाघारी), काभ्रेको पनौतिस्थित ईन्द्रेश्वर महादेव, बनेपास्थित चण्डेश्वरी मन्दिर, नालास्थित नाला करुणामय, काभ्रेपलाञ्चोकस्थित पलाञ्चोक भगवतीको मन्दिर, काभ्रे, भक्तपुर र ललितपुरको सिमानमा रहेको आशापुरेश्वर महादेव, डोलेश्वर महादेव, नेपालथोकस्थित कुशेश्वर महादेव मन्दिर, ललितपुर लेलेस्थित नयाँ मनकामना मन्दिर, काठमाण्डौ स्थित पाँचमाने तथा पुरानो गुहेश्वरी मन्दिर,  टोखा स्थित चण्डेश्वरी मन्दिरको भ्रमण गराइएको थियो भने गत बर्ष भक्तपुरको पर्यटकीय एवं धार्मिक स्थल चाँगु नारायण मन्दिरको भ्रमण गराइएको थियो ।

 

Date २०७६/०६/०१

२५ औं बार्षिक साधारण सभा सम्पन्न

उपकार बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं बार्षिक साधारण सभा प्रदेश नं ३ का सभामुख माननीय श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा २०७६ भाद्र २६ गते (ने.सं. ११३८ यँलागा चतुर्दशी) बुधबार, ईन्द्र जात्राका दिन मध्यपुर थिमि नगरपालिका वडा नं. ६ कमेरोटारस्थित न्यू एभरेष्ट पार्टी प्यालेसमा सम्पन्न भयो । प्रमुख अतिथि माननीय प्रदेश सभा सभामुख श्री सानु कुमार श्रेष्ठले कलात्मक पानसमा दिप प्रज्वलित गरी साधारण सभाको उद्घाट्न गर्नु भएको थियो । साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष श्री कान्छा भक्त घजुज्यूबाट भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट संस्थाका सदस्यद्वय श्री पूर्ण कृष्ण छुँजू र श्री अष्ट बहादुर दुवाललाई “वर्ष उत्कृष्ट सदस्य”, सदस्य श्री मिना थापा कार्की र श्री तीर्थ बहादुर बैद्यलाई “उत्कृष्ट ऋणी”, सदस्य श्री तुई लाल तको र श्री सानु माया बाडेलाई “उत्कृष्ट बचतकर्ता” पुरस्कार तथा सम्मान पत्रबाट सम्मानीत गर्नु भएको थियो भने सो अवसरमा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अत्तिथि श्री श्रेष्ठले प्रदेश सभाबाट जारी ऐनहरुमा कुनै त्रुटीहरु भएमा त्यसको संशोधनका लागि प्रदेश सभा सधै तयार रहेको जानकारी गराउनु भयो । संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार श्री कृष्ण वहादुर घजुले संस्था गठनको संक्षिप्त पृष्ठभूमि सहित संस्थाले आगामी दिनहरुमा गर्नु पर्ने कार्यक्रमका सम्बन्धमा सुझावहरु प्रस्तुत गर्नु हुदै साधारण सभाको सफलताको लागि शुभकामना दिनु भएको थियो ।

उक्त सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पूर्व अध्यक्ष एवं सहकारीविद् श्री कैलाश भक्त प्रधानाङ्गज्यूले स्थानीय सरकारले जारी गर्न लागेको स्थानीय सहकारी ऐन सम्बन्धित पक्षहरुसँग छलफल गरी सहकारीको विकासमा योगदान पुर्याउन पर्ने विचार व्यक्त गर्नु भयो । साधारण सभामा जिल्ला सहकारी संघ लि.का अध्यक्ष श्री महेश श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजु लगायतका अत्तिथिहरुले आआफ्नो मन्तव्य राख्नु हुदै २५ औं बार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त सभामा संस्थाका बाल बचतकर्ताहरु मध्ये विद्यालयको विभिन्न तहको परीक्षामा उत्कृष्टता हासिल गरेका बाल बचतकर्ता सदस्यहरुलाई “उपकार छात्रवृति” तथा उपहार प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री कान्छा भक्त घजुज्यूले संस्थाका सदस्यहरुको साथ र सहयोग प्राप्त भएको कारणले एशियाली ऋण महासंघ (आकु) बाट पुनः एक्सेस ब्रञ्ज ब्राण्ड प्राप्त गर्न सफल भएको जानकारी दिनु हुदै यसका लागि सबै सदस्य महानुभावहरु, शुभचिन्तक महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

कार्यकममा संस्थाको बार्षिक प्रगति विवरण तथा चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम संस्थाका सचिव श्री हरिकृष्ण कालुज्यूले प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष श्री तुल्सी कृष्ण छुँजूज्यूले गत आ.ब. २०७५/०७६ को अन्तमा सम्पति तथा दायित्व रु. ७६,६८,७४,६३३।६९ (छयहतर करोड अरसाठी लाख चवहतर हजार छ सय तेतिस रुपैया उनान्सतरी पैसा) र कारोवारबाट रु. १,९२,०४,१०२।७० (एक करोड बयानब्बे लाख चार हजार एक सय दुई रुपैया सतरी पैसा) बचत (नाफा) भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो साथै कोषाध्यक्ष श्री छुँजूज्यूले चालु आर्थिक बर्ष २०७६/०७७ को अनुमानित वासलात तर्फ रु. ८९,००,००,०००।– (रु. उनानब्बे करोड) र आम्दानी तर्फ रु. ९,६६,००,०००।– (रु. नौ करोड छैसाठी लाख) र खर्च तर्फ रु. ७,३६,००,०००।– (रु. सात करोड छत्तीस लाख) भई रु. २,३०,००,०००।– (रु. दुई करोड तीस लाख) बचत (नाफा) हुने प्रक्षेपण सहितको अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत गर्नु भएको थियो ।

साथै साधारण सभाको दोश्रो सत्रमा साधारण सभाले श्री कान्छा भक्त घजूज्यूको अध्यक्षतामा एघार सदस्यीय नयाँ सञ्चालक समिति र श्री कमल प्रसाद भट्टराईज्यूको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचित गरेको थियो । निर्वाचित हुनेहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः श्री जयकृष्ण दुवाल, श्री हरिकृष्ण कालु र श्री तुल्सीकृष्ण छुँजू हुनु हुन्छ भने सञ्चालकहरुमा उपस्थित भईु हुने सदस्यहरु श्री शारदा प्रजापति (अवाल), श्री सूर्ज्ये लक्ष्मी श्रेष्ठ, श्री योगेन्द्र कुमार दुवाल, श्री रवि घजू, श्री रजनी घिमिरे, श्री धन बहादुर विश्वकर्मा र श्री राजेन्द्र प्रजापति रहनु भएको छ । त्यसै गरी लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा श्री पुष्प लाल घजू र श्री नानीछोरी बाडे हुनुहुन्छ । निर्वाचित पदाधिकारीहरुलाई संस्थाको निर्वाचन समितिका संयोजन श्री राम कृष्ण दुवालज्यूले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।

Date

मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कार्यक्रम”

यस संस्थाकाे युवा तथा स्वास्थ्य उप-समितिकाे अायाेजनामा यही मिति २०७४ मंसिर १६ गते शनिबार दिनकाे १०ः३० बजे संस्थाकाे कार्यालयमा मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कायर्यक्रम” काे अायाेजना गरिने भएकाेले मधुमेह राेगका विरामीहरुले डाक्टरकाे प्रेस्किप्सन तथा पछिल्लाे पटक रगत जाँचकाे रिपाेर्ट सहित उपस्थितिका लागि अनुराेध गरिन्छ । साथै कार्यक्रममा सहभागी हुन चाहनु हुने महानुभावहरुले संस्थाकाे कार्यालयमा सम्पर्क राखी यही मिति २०७४ मंसिर १५ गतेभित्र नाम दर्ता गराउनु हुन समेत अनुराेध गरिन्छ ।

Date २०७५/०९/१२

त्यः छिं त्यः कार्यक्रम सम्पन्न

उपकार बचत तथा ऋण सहकारी संस्था लि. तथा ज्यापू महागुथि, नगदेश शाखाको संयुक्त आयोजनामा योमरि पूर्णिमाको उपलक्ष्यमा “त्यःछिं त्यः” कार्यक्रमको आयोजना गरियो । समाजमा पुराना माैलिक संस्कृति हराउँदै गएकोले नयाँ पिँढीलाई आफ्नो मौलिक संस्कृतिका सम्बन्धमा जानकारी गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको जानकारी उपकार साकोसका उपाध्यक्ष एवं साँस्कृतिक उप-समितिका संयोजक श्री जयकृष्ण दुवालज्यूले जानकारी दिनु भयो । कार्यक्रममा विनायक शिक्षा निकेतन स्कूल, क्रियटिभ लर्नर्स एकेडेमी, स्मल किड्स एकेडेमीका विद्यार्थीहरु लगायत अन्य कलाकारहरुले योमरि पुन्ही सम्बन्धी विभिन्न साँगितीक प्रस्तुति प्रदर्शन गरिएको थियो ।
उपकार साकोसले विगत बर्षहरुका योमरि प्रतियोगिता तथा योमरि र योमरि पून्हिको महत्वबारे समेत विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको थियो ।

Date 2073-10-07

शिक्षा शिविर तथा अन्तरक्रिया

संस्थाको नव गठीत शिक्षा उप समितिको आयोजनामा संस्थाको कार्यक्षेत्रभित्रका विभिन्न टोलहरुमा शिक्षा शिविर तथा अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरियो । संस्थाका सचिव एवं शिक्षा उप समितिका संयोजक श्री हरिकृष्ण कालुले संस्थाको वित्तीय सेवा तथा गैर वित्तीय सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी दिने र संस्थाबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुका सम्बन्धमा सदस्यहरुबाट सुझाव तथा गुनासोहरु संकलन गर्नका लागि यस्तो शिक्षा शिविर तथा अन्तरक्रियाहरु संस्थाको कार्यक्षेत्रभित्रका विभिन्न टोल टोलमा सञ्चालन गर्दै जाने विचार व्यक्त गर्नु भयो । हाल सम्म मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को विद्यालय मार्ग, वडा नं. ५ को त्वागाः टोल, सिचुटोल, वडा नं. ६ को दथुलाँ र बहानानी क्षेत्रमा शिक्षा शिविर तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । साथै सो शिक्षा शिविरमा उपस्थित सदस्यहरु मध्येबाट सिचुटोलबाट श्री बालकृष्ण कालु, दथुलाँबाट श्री अष्ट बहादुर दुवाल, बहानानीबाट श्री सुन केशरी न्याकैता र विद्यालय मार्गबाट हेरा नानी बाडे टोल प्रतिनिधि चुनिनु भएको छ ।

Date 2073-09-25

संस्था र डा. इवामुरा मेमोरियल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

यस संस्था उपकार बचत तथा ऋण सहकारी संस्था लि. र भक्तपुर नगरपालिका वडा नं. १७ सल्लाघारी, भक्तपुर स्थित डा. इवामुरा मेमोरियल अस्पताल तथा अनुसन्धान केन्द्र बीच संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार यस संस्थाका सदस्यहरुले अस्पतालबाट उपलब्ध गरेको सेवाहरुमा कम्तीमा १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ । सो छुट सेवा प्राप्त गर्नका लागि संस्थाले प्रत्येक सदस्यहरुलाई सहुलिय कार्ड दिनेछ र सोही कार्डको आधारमा सदस्यहरुले उक्त छुट सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा संस्थाका तर्फबाट अध्यक्ष श्री कान्छा भक्त घजू र अस्पतालका तर्फबाट अस्पताल डाइरेक्टर श्री केशव दिवाकरज्यूले हस्ताक्षर गर्नु भयो । केही दिन पछिबाट संस्थाले सदस्यहरुलाई सहुलियत कार्ड उपलब्ध गराईनेछ । साथै संस्थाले यस्तै अन्य अस्पताल तथा अन्य सेवा प्रदायक संस्थाहरुबाट पनि सदस्यहरुका लागि छुट सेवा प्रदान गराउन नीति रहेको र कुनै पनि संस्थासँग सहकार्य गर्न समेत तत्पर रहेको कुरा संस्थाका अध्यक्ष श्री कान्छा भक्त घजूले बताउनु भयो ।

Date २०७५/०८/२४

व्यावसायिक तालिम सम्पन्न

फुरन्दाना तथा आलु चिप्स बनाउने तालिम सम्पन्न
२३, मंसिर । उपकार बचत तथा ऋण सहकारी संस्था लि. को व्यवसाय प्रवर्द्धन उप-समितिको आयोजनामा एक दिने “फुरन्दाना तथा आलु चिप्स बनाउने तालिम” सम्पन्न भएको छ । संस्थाका सदस्यहरुलाई स्वरोजगार बनाई थप आय आर्जनका लागि यस तालिमको आयोजना गरिएको जानकारी गराउँनु हुदै व्यवसाय प्रवर्द्धन उप-समितिका संयोजनक श्री बाबुकाजी छुँले तामिममा सिकेको सीपबाट फाइदा लिनु पर्ने धारणा राख्नु भयो । साथै सदस्यहरुको चाहाना अनुसार विभिन्न अन्य तालिमहरु पनि दिदै जाने बताउनु भयो । संस्थाका सदस्य श्री गंगा देवी श्रेष्ठले उक्त तालिममा प्रशिक्षण दिनु भएको थियो । तालिमका क्रममा प्रशिक्षक श्रेष्ठले उपकार साकोसले प्रदान गरेको तालिममा सहभागी भएर फुरन्दाना तथा आलु चिप्स बनाउने सीप सिकेको र घरको अन्य काम सकेर फुर्सदको समयमा फुरन्दाना, आलु चिप्स बनाउदै विक्री समेत गर्दै आएको जानकारी दिनु भयो । तालिममा संस्थाका ४३ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

Image may contain: 16 people, including Maheswori Ghaju, people smiling, people standing and indoor
  फुरन्दाना बनाउने तालिम

Image may contain: 1 person, food and indoor

 

Date 2073-09-25

नेतृत्व विकास तालिम

संस्थाको महिला उप समितिको आयोजनामा साता महिला नेतृत्व विकास तालिम सम्पन्न गरियो । कार्यक्रम २०७३ पौष २५ देखि माघ २ गते सम्म प्रत्येक दिन साँझ ३:०० देखि ५:०० बजेसम्म सञ्चालन गरिएको थियो । कार्यक्रममा २५ जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्नु हुदै संस्थाका अध्यक्ष श्री कान्छा भक्त घजूले महिलाहरुमा नेतृत्व सीपको विकासका गर्नका लागि यस्तो तालिम उपयोगी हुने धारणा राख्नु भयो । महिला उप समितिका संयोजक श्रीमती सूज्र्ये लक्ष्मी श्रेष्ठले यस समुदायका महिलाहरुले आफ्नो मनमा लागेका कुराहरुलाई व्यक्त गर्न सक्ने बनाउनका लागि यो तालिम अत्यन्तै राम्रो लागेको विचार व्यक्त गर्न भयो । कार्यक्रममा श्री रानु नकर्मी र श्री विन्दु श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

Date 2072-09-04

अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

४ पौष । उपकार बचत तथा ऋण सहकारी संस्था लि को शिक्षा उप समितिको आयोजनामा “अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता” तथा “उपकार उच्च शिक्षा पदक” वितरण कार्यक्रमको आयोजना गरियो । संस्थाको शिक्षा उप समितिको बार्षिक कार्यक्रम कार्यक्षेत्रभित्रका विद्यालयहरुको सहभागीतामा अतिरिक्त क्रियाकपाल आयोजना गर्ने कार्यक्रम अनुसार “समुदायको सामाजिक-आर्थिक विकासमा सहकारीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा मध्यपुर क्षेत्रका विभिन्न विद्यालयहरुबाट १३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नौलो ज्योति ईङ्गलिस स्कूलकी छात्रा सुश्री विञ्जली बज्राचार्य प्रथम, एक्टिभ ईङ्गलिस स्कूलकी छात्रा सुश्री मन्दिरा प्रजापति व्दितीय, नौलो ज्योति ईङ्गलिस स्कूलकै छात्र श्री दिनेश दाहाल तृतीय घोषित हुनु भयो भने आदर्श उच्च माध्यिमक विद्यालयका छात्र श्री अमीर गौतमलाई सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत श्री भूपेन्द्र सापकोटाज्यूले उच्च माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण गर्नु हुने सदस्य वा सदस्यका छोराछोरीहरु मध्ये स.नं. १२९१ का श्री श्रीकृष्ण श्रेष्ठको छोरा श्री रसिक श्रेष्ठ र सदस्य नं. १०७१ का श्री श्याम राजा थाकी छोरी संस्थाका सदस्य नं. १८३८ की सुश्री मोनिका थालाई “उपकार उच्च शिक्षा पदक” तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । साथै वक्तृत्वकला प्रतियोगिताका पुरस्कृत छात्रछात्राहरुलाई पनि पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । सो अवसरमा मन्तव्य राख्नु हुदै प्रमुख अतिथि कार्यकारी अधिकृत श्री भूपेन्द्र सापकोटाज्यूले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्mस्कून) बाट मध्यमाञ्चल क्षेत्रको उत्कृष्ट सहकारी घोषित यस उपकार बचत तथा ऋण सहकारी संस्था लि. गरेको यो वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा सहकारिता सम्बन्धी जानकारी दिन र विद्यार्थीहरुमा निहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर समेत प्रदान गरेको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रमका सभाध्यक्ष एवं संस्थाका अध्यक्ष श्री कृष्ण बहादुर घःजुले बचत तथा ऋण सहकारी संस्थाहरुले पैसा किन्ने र पैसा बेच्ने काम मात्र नगरी समुदायको चौतफी विकासका लागि सहकारी सिद्धान्तलाई पालना गरी विभिन्न सामाजिक दायित्वहरु पनि पुरा गर्नु पर्ने विचार व्यक्त गर्नु हुदै सोही दायित्व पुरा गर्नका लागि उपकारले विभिन्न समयमा विभिन्न स्वास्थ्य, शैक्षिक, सामाजिक तथा साँस्कृतिक कार्यहरु समेत गर्दै आएको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री कान्छा भक्त घःजुले उपस्थित सबैलाई स्वागत गर्नु भयो भने संस्थाको शिक्षा उप–समितिका सदस्य श्री विकास घःजुले कार्यक्रममा सहभागी विद्यालयहरुलाई धन्यवाद तथा पुरस्कृत छात्रछात्राहरुलाई वधाईज्ञापन गर्नु भएको थियो ।

Recent News

  • २७ औं बार्षिक साधारण सभाकाे सूचना ।

    २०७८/०६/०७
  • जेष्ठ नागरिक भ्रमण कार्यक्रम

    २०७६-११-२०
  • २५ औं बार्षिक साधारण सभा सम्पन्न

    २०७६/०६/०१
  • मधुमेह (डायविटिज) राेगका विरामीहरुका लागि निःशुल्क “पाेषण सम्बन्धी विशेष परामर्श कार्यक्रम”

  • त्यः छिं त्यः कार्यक्रम सम्पन्न

    २०७५/०९/१२
  • शिक्षा शिविर तथा अन्तरक्रिया

    2073-10-07
  • संस्था र डा. इवामुरा मेमोरियल अस्पताल बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

    2073-09-25
  • व्यावसायिक तालिम सम्पन्न

    २०७५/०८/२४
  • नेतृत्व विकास तालिम

    2073-09-25
  • अन्तर माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    2072-09-04

Photo Gallery

आयमुलक तालिम
आयमुलक तालिम
21ST ANNUAL GENERAL MEETING
21ST ANNUAL GENERAL MEETING
SLC SAMMAN
SLC SAMMAN

Recent Bulletins

Bulletin of 2076 Magh

About

UPAKAR SAVINGS AND CREDIT CO-OPERATIVE SOCIETY LTD. is one of the oldest saving and credit organization in Madhyapur Thimi

Read More

Like Us On Facebook

Upakar Savings & Credit Co-operative Society Ltd.

Important Links

NEFSCUN WOCCU ICA National Cooperative Federation Ministry of Agriculture & Cooperative Department of Cooperative  Ministry of Finance ACCU

Contact Us

Upakar Savings & Credit Co-operative Society Ltd.
Madhyapur Thimi Municipality-6,
Bahakha Bazar, Bhaktapur, Nepal
Phone: 977-01-6633643

, 6630925

E-mail: [email protected]

© 2022 Upakar Saccos. All right reserved.