उपकार बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं बार्षिक साधारण सभा प्रदेश नं ३ का सभामुख माननीय श्री सानु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा २०७६ भाद्र २६ गते (ने.सं. ११३८ यँलागा चतुर्दशी) बुधबार, ईन्द्र जात्राका दिन मध्यपुर थिमि नगरपालिका वडा नं. ६ कमेरोटारस्थित न्यू एभरेष्ट पार्टी प्यालेसमा सम्पन्न भयो । प्रमुख अतिथि माननीय प्रदेश सभा सभामुख श्री सानु कुमार श्रेष्ठले कलात्मक पानसमा दिप प्रज्वलित गरी साधारण सभाको उद्घाट्न गर्नु भएको थियो । साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष श्री कान्छा भक्त घजुज्यूबाट भएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूबाट संस्थाका सदस्यद्वय श्री पूर्ण कृष्ण छुँजू र श्री अष्ट बहादुर दुवाललाई “वर्ष उत्कृष्ट सदस्य”, सदस्य श्री मिना थापा कार्की र श्री तीर्थ बहादुर बैद्यलाई “उत्कृष्ट ऋणी”, सदस्य श्री तुई लाल तको र श्री सानु माया बाडेलाई “उत्कृष्ट बचतकर्ता” पुरस्कार तथा सम्मान पत्रबाट सम्मानीत गर्नु भएको थियो भने सो अवसरमा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अत्तिथि श्री श्रेष्ठले प्रदेश सभाबाट जारी ऐनहरुमा कुनै त्रुटीहरु भएमा त्यसको संशोधनका लागि प्रदेश सभा सधै तयार रहेको जानकारी गराउनु भयो । संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार श्री कृष्ण वहादुर घजुले संस्था गठनको संक्षिप्त पृष्ठभूमि सहित संस्थाले आगामी दिनहरुमा गर्नु पर्ने कार्यक्रमका सम्बन्धमा सुझावहरु प्रस्तुत गर्नु हुदै साधारण सभाको सफलताको लागि शुभकामना दिनु भएको थियो ।
उक्त सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का पूर्व अध्यक्ष एवं सहकारीविद् श्री कैलाश भक्त प्रधानाङ्गज्यूले स्थानीय सरकारले जारी गर्न लागेको स्थानीय सहकारी ऐन सम्बन्धित पक्षहरुसँग छलफल गरी सहकारीको विकासमा योगदान पुर्याउन पर्ने विचार व्यक्त गर्नु भयो । साधारण सभामा जिल्ला सहकारी संघ लि.का अध्यक्ष श्री महेश श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजु लगायतका अत्तिथिहरुले आआफ्नो मन्तव्य राख्नु हुदै २५ औं बार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त सभामा संस्थाका बाल बचतकर्ताहरु मध्ये विद्यालयको विभिन्न तहको परीक्षामा उत्कृष्टता हासिल गरेका बाल बचतकर्ता सदस्यहरुलाई “उपकार छात्रवृति” तथा उपहार प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री कान्छा भक्त घजुज्यूले संस्थाका सदस्यहरुको साथ र सहयोग प्राप्त भएको कारणले एशियाली ऋण महासंघ (आकु) बाट पुनः एक्सेस ब्रञ्ज ब्राण्ड प्राप्त गर्न सफल भएको जानकारी दिनु हुदै यसका लागि सबै सदस्य महानुभावहरु, शुभचिन्तक महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यकममा संस्थाको बार्षिक प्रगति विवरण तथा चालु आर्थिक बर्षको बार्षिक कार्यक्रम संस्थाका सचिव श्री हरिकृष्ण कालुज्यूले प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष श्री तुल्सी कृष्ण छुँजूज्यूले गत आ.ब. २०७५/०७६ को अन्तमा सम्पति तथा दायित्व रु. ७६,६८,७४,६३३।६९ (छयहतर करोड अरसाठी लाख चवहतर हजार छ सय तेतिस रुपैया उनान्सतरी पैसा) र कारोवारबाट रु. १,९२,०४,१०२।७० (एक करोड बयानब्बे लाख चार हजार एक सय दुई रुपैया सतरी पैसा) बचत (नाफा) भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो साथै कोषाध्यक्ष श्री छुँजूज्यूले चालु आर्थिक बर्ष २०७६/०७७ को अनुमानित वासलात तर्फ रु. ८९,००,००,०००।– (रु. उनानब्बे करोड) र आम्दानी तर्फ रु. ९,६६,००,०००।– (रु. नौ करोड छैसाठी लाख) र खर्च तर्फ रु. ७,३६,००,०००।– (रु. सात करोड छत्तीस लाख) भई रु. २,३०,००,०००।– (रु. दुई करोड तीस लाख) बचत (नाफा) हुने प्रक्षेपण सहितको अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत गर्नु भएको थियो ।
साथै साधारण सभाको दोश्रो सत्रमा साधारण सभाले श्री कान्छा भक्त घजूज्यूको अध्यक्षतामा एघार सदस्यीय नयाँ सञ्चालक समिति र श्री कमल प्रसाद भट्टराईज्यूको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचित गरेको थियो । निर्वाचित हुनेहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः श्री जयकृष्ण दुवाल, श्री हरिकृष्ण कालु र श्री तुल्सीकृष्ण छुँजू हुनु हुन्छ भने सञ्चालकहरुमा उपस्थित भईु हुने सदस्यहरु श्री शारदा प्रजापति (अवाल), श्री सूर्ज्ये लक्ष्मी श्रेष्ठ, श्री योगेन्द्र कुमार दुवाल, श्री रवि घजू, श्री रजनी घिमिरे, श्री धन बहादुर विश्वकर्मा र श्री राजेन्द्र प्रजापति रहनु भएको छ । त्यसै गरी लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा श्री पुष्प लाल घजू र श्री नानीछोरी बाडे हुनुहुन्छ । निर्वाचित पदाधिकारीहरुलाई संस्थाको निर्वाचन समितिका संयोजन श्री राम कृष्ण दुवालज्यूले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।